नबिल बैंक लि. र युनिलिभर नेपाल लि. बीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ।
नबिल बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपाल लि.का तर्फबाट प्रबन्धकनिर्देशक अमलान मुखरजीले यही भदौ २० गते नबिलका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल) का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतामा हस्ताक्षरसँगै युनिलिभर नेपाल लि.ले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो।
यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले च्यानल फाइनान्सिङको रुपमा थप व्यवसाय विस्तार गर्न चालू पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैँभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउनेछन्। च्यानल फाइनान्सिङका प्रमुख आकर्षण अन्तर्गत आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ।
साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुने बैंकले जनाएको छ।
युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालू पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिङ सुविधाका साथै अन्य एसएमई कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए।
Shares

प्रतिक्रिया