काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर बुझाउन पत्र पठाएको छ।
बिहीबार नेपाली सेना र नेपाल प्रहरीलाई पत्र पठाउँदै १० दिनभित्रमा वडा कार्यालयमा गई बहाल कर बुझाउन भनेको हो।
अफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेको हो।
पटक पटक ताकेता गर्दा पनि हालसम्म नबुझाएको भन्दै बहाल आम्दानी विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्रमा बहाल कर र त्यसको जरिवाना पनि बुझाउन भनिएको छ।
यदि यो अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न प्रक्रिया अगाडि बढाउने समेत महानगरको पत्रमा उल्लेख छ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाहले राजश्व असुली र अवैध संरचना भत्काउने अभियानलाई तीव्र पारेका छन्।
यसअघि मेयर शाहले नेपाल विद्युत् प्राधिकरणलाई पनि कर तिर्न भन्दै पत्र लेखिसकेको छन्।

Shares

प्रतिक्रिया