ad ad

कारोबार


नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ लाख कित्ता आईपीओ निष्काशन गर्दै

नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ लाख कित्ता आईपीओ निष्काशन गर्दै

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १६:३७, काठमाडौँ

नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। 

कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबर हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नलागेको हो। 
यसका लागि हिमालयन क्यापिटल र कम्पनीबीच सम्झौता भएको छ। 

उक्त कम्पनी नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दीर्घकालीन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङमा समन्वय गर्ने उद्देश्यले स्थापना भएको हो। 

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशन कम्पनी नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडमा नेपालको औद्योगीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आइरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ। 

कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टनका आधुनिक साइलोहरुमार्फत कृषकहरुलाई अन्न भण्डारणको सुविधा प्रदान गर्नेछ। 

साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङ गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .