कारोबार


बैंक अफ काठमाण्डूको एटीएम तथा पीओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डूको एटीएम तथा पीओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

नेपालखबर
भदौ १६, २०७९ बिहिबार २०:९, काठमाडौँ

बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सकिने भएका छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब बैंकको जुनसुकै एटीएम तथा बैंककम पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नेछन्। 

बैंकको एटीएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो, यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पीओएसको माध्यमबाट गर्न सकिने छ। 

साथै, उक्त सम्झौैता अनुसार बैंक अफ काठमाण्डू लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकहरुलाई मास्टरकार्ड उपलब्ध गराउने जनाएको छ। 

अब उपरान्त मास्टरकार्ड बाहकले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफूसँग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad