मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रज्जाककी पत्नी रोश्मा मन्सुरलाई पनि घुसखोरीको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ। एउटा कम्पनीलाई १.२५ अर्ब रिंगिटको परियोजना दिलाउन घुस खुवाएको र लिएको आरोपमा उनी दोषी ठहर भएकी छन्।
उनका पतिलाई १२ वर्ष जेल सजाय भएको केही दिनपछि नै अदालतले यस्तो फैसला गरेको हो।
७० वर्षीया रोश्मा विलासी वस्तु र गरगहनाप्रतिको प्रेमका कारण चर्चित छिन्। मलेसियाको प्रहरीले उनीहरुको घरमा २०१८ मा छापा मार्दा त्यहाँ १६ लाख डलरको सुन, हिराको हार र २७२ वटा हमिस ब्याग फेला परेको थियो।
उच्च अदालतको फैसलापछि रोश्माले न्यायाधीशसँग भनिन्, ‘आज जे भयो, त्यसबाट म निकै दुःखी छु। मैले पैसा लिएको कसैले देखेको छैन। मैले पैसा गनेको पनि कसैले देखेको छैन। फैसला त्यही भए म ईश्वरको हातमा छाडिदिन्छु।’
उनलाई ९७ करोड रिंगिट जरिबाना पनि गरिएको छ।
उनीमाथि कालो धनलाई सेतो बनाएको र कर छलेको लगायत १७ अभियोगको फैसला हुन बाँकी नै छ। एजेन्सी
यो पनि :
Shares

प्रतिक्रिया