ad ad

कारोबार


ओरालो लाग्न थाल्यो सुनको मूल्य

ओरालो लाग्न थाल्यो सुनको मूल्य

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १०:२९,

पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको छ। महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रूपैयाँ निर्धारण गरेको छ। पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला एक हजार ४ सय रूपैयाँले घटेको छ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदीको मूल्यमा प्रतितोला ५ रूपैयाँले घटेर ८ सय ३० रूपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ। गत बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बिहीबार प्रतितोला २ सय, शुक्रबार ३ सय, आइतबार ५ सय र सोमबार प्रतितोला २ सय रूपैयाँले घटेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .