कारोबार


सेयरधनीलाई कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने

सेयरधनीलाई कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १०:२३,

सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बैंकले छ प्रतिशत सेयर लाभांश र २४ प्रतिशत नगद लाभांश दिने भएको हो।

वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएका छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले उक्त लाभाङ्श वितरण गरिनेछ ।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .