आज(सोमबार) अपरान्ह ३ बजेपछि २४ घण्टाको लागि विदेशी टीभी च्यानलहरु बन्द भएका छन्।
नेपाल केवल व्यवसायीहले सरकारले ल्याउन लागेको क्लिन फिड नीतिको विरोध स्वरुप विदेशी च्यालनहरु बन्द गराएका हुन्।
सरकारले विज्ञापन ऐन २०७६ मार्फत क्लिन फिड लागु गर्दै विदेशी विज्ञापनहरु बन्द गर्ने घोषणा गरेपछि नेपाल केवल टेलिभिजन महासंघले विदेशी च्यानलहरु नै बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार महासंघले सूचना जारी गर्दै नेपालमा विदेशी विज्ञापन सहित प्रसारण भैरहेको च्यानहरु बन्द गरिएको महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी गराए।
सरकारले विज्ञापन ऐनमार्फत विज्ञापन रहित विदेशी च्यानल मात्रै चलाउन पाईने निर्णय गरेको छ। सो नीतिले नेपालको टेलिभिजन व्यवसायमा नै ठूलो धक्का पर्ने र नेपालीहरुमाझ लोकप्रिय रहेका टीभी कार्यक्रमहरुबाट समेत दर्शक विमुख हुनुपर्ने महासंघको भनाई छ।
ईन्डियन ब्रोडकास्ट फोरुम (आईबीएफ) ले नेपालमा विज्ञापनरहित टेलिभिजन च्यानलहरु दिन नसकिने बताउँदै आएको छ त्यसकारण नेपाल सरकारले क्लिन फिड नीति लागु गरेमा विदेशी च्यानलबाट बञ्चित हुनपर्ने पराजुलीको भनाई छ।
सरकारले यो नीति लागु गरेमा कस्तो अवस्था आउनेछ भन्ने कुरा नेपाली उपभोक्ताले अहिले नै महसुस गरुन् भनेर २४ घण्टा बन्द गराएको पराजुलीले बताए।
Shares
प्रतिक्रिया