खेल


महिला फुटबल–विराटनगर सेमिफाइनलमा

महिला फुटबल–विराटनगर सेमिफाइनलमा

नेपालखबर
असार ९, २०७६ सोमबार ११:४५,

राजधानीमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका, विदुर नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा विराटनगरले विदुर नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यो खेलसँगै उक्त प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । विराटनगरसँगै चौदण्डीगढी, वालिङ र बाह्रबिसे नगरपालिका सेमिफाइनलमा पुगेका छन् । विराटनगरको जितमा राष्ट्रिय टोलीका सदस्य रेखा पौडेल, इमा राई र सावित्री मगरले एक÷एक गोल गरे।

पराजित विदुरका लागि भने अनु लामा र तारा थिङले एक÷एक गोल फर्काउनुभयो । जितसँगै समूह डीबाट तीन खेल खेलेको विराटनगरले तीनै खेलमा अपराजित रहँदै शीर्ष नौ अङ्क जोडेको छ । यता पराजित विदुर नगरपालिका छ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो ।

मंगलबारबाट  हुने सेमिफाइनल खेलमा विराटनगरले चौदण्डीगढी नगरपालिकाको सामना गर्नेछ। यस्तै अर्को सेमिफाइनलमा वालिङ र बाह्रबिसे नगरपालिकाबीच खेल हुनेछ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को महिला समितिद्धारा आयोजित उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .