कारोबार


सेनाले भन्यो : फास्ट ट्रयाक निर्माण २८ प्रतिशत सकियो

सेनाले भन्यो : फास्ट ट्रयाक निर्माण २८ प्रतिशत सकियो

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ११:५१,

काठमाडौं—निजगढ (काठमाडौं—तराई ) द्रुतमार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम शतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ।

सेनाले सोमबार पत्रकार सम्मेलन गरी सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटरमा शतप्रतिशत भएको जनाएको हो।

कुल ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५ दशमलव ३ किलोमिटर सडकको काम ८० प्रतिशतभन्दा कम काम भएको सेनाले जनाएको छ। ७२ दशमलव ५ किलोमिटर लम्बाइको द्रुतमार्गमा ५५ दशमलव ५ किलोमिटर सडक, ६ दशमलव ४१ किलोमिटर सुरुङ र १० दशमलव ५९६ किलोमिटरमा पुल बन्ने नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताए।

द्रुतमार्गमा तीन वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन्। विशेष प्रकारका १६ र अन्य ७१ वटा पुलहरु निर्माण हुनेछन् । त्यसैगरि तीन ठाउँमा सुरुङमार्ग निर्माण गरिनेछ। महादेवडाँडामा ३ दशमलव ३५५, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किलोमिटर सुरुङ मार्ग निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले बताए।

द्रुतमार्ग निर्माण सम्पन्न भएपछि खोकनादेखि निजगढसम्म पुग्न १ घण्टाको समय लाग्ने छ। ४ लेनमा बन्ने सडकको पहाडी खण्डमा २५ मिटर र तराईको क्षेत्रमा २७ मिटर चौडाइ हुनेछ। भौगोलिक अवस्था, कार्य जटिलता, लगायतका विषयलाई मध्यनजर गरेर निर्माण कार्यर्लाइ प्राथमिकता दिइएको सेनाले जनाएको छ।

सेनाले अबको ४ वर्षभित्रमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने जनाएको छ । वि.सं. २०८१ वैशाखसम्ममा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठले बताए।

नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले भ्रमण वर्षको अवशरमा जंगल सफारी र लामो पदयात्रा गरिने बताए।

त्यसैगरि बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, उच्च तथा समथल भूभागमा साहसिक खेल, संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिना र दोड, एकिकरण पदयात्रा गोरखाको ऐतिहासिक लिगलिगे दौड प्रतियोगिता गरिने पवक्ता पाण्डेले बताए।

त्यस्तै प्याराग्लाईडिङ र खेलकुदका माध्यमबाट मित्र राष्ट्रका सेना तथा उनीहरुका आफन्तहरुलाई आकर्षित गर्न विभिन्न किसिमका कार्ययोजना पनि नेपाली सेनाले बनाएको छ।

सेनाले सैनिक विज्ञान तथा प्रविधि मेलाको आयोजना गर्ने पनि जनाएको छ। पहिलो पटक २०७० सालमा मेलाको आयोजना गरिएको थियो।

यसपटकको मेलामा विज्ञान र प्रविधिको क्षेत्रमा दीर्घकालसम्म लागिरहने वातावरण सिर्जना गर्न सैनिक विज्ञान तथा प्रविधि मेलाले सहयोग पुग्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad