ad ad

कारोबार


इजरायली विकास नियोग प्रमुख र ऊर्जामन्त्री पुनबीच छलफल

इजरायली विकास नियोग प्रमुख र ऊर्जामन्त्री पुनबीच छलफल

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ८:४६,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र इजरायली विकास नियोग मसाभका प्रमुख गील हसकेलबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय सहयोगका साथै आपसी हितको विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ।

भेटमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतको लागि आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी दिए। उनले ऊर्जा, जलविद्युत् र सौर्य ऊर्जामा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरे।

‘नेपालमा प्रसारणलाइन, जलविद्युत् र सोलारमा पनि सहकार्य गर्न अवसर छ, इजरायली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्छु’, मन्त्री पुनले भने।

मन्त्री पुनले नेपाल विद्युत प्राधिकरण र विभिन्न सरकारी कम्पनीहरुमातहत १२ हजारभन्दा बढी कर्मचारी भएको भन्दै तालिम र क्षमता अभिवृद्धिका कार्यक्रममा सहकार्य गर्न सकिने धारणा राखे।

भेटमा विकास नियोग मसाभका प्रमुख हसकेलले स्मार्ट ग्रिड, पावर स्टेसन र स्मार्ट सोलुशनको क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताए।

छलफलमा ऊर्जा मन्त्रालयमातहतका कर्मचारीलाई तालिम र क्षमता अभिवृद्धिका लागि सहयोग गर्न सकिने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .