ad ad

खेल


भारतसँग हारेपछि तुहियो स्वर्ण सपना, नवौं पटक फाइनलमा चुक्यो महिला टोली

भारतसँग हारेपछि तुहियो स्वर्ण सपना, नवौं पटक फाइनलमा चुक्यो महिला टोली

लक्ष्मी जि.सी
मंसिर २३, २०७६ सोमबार ९:९,

१३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जित्ने नेपाली महिला फुटबल टोलीको सपना तुहिएको छ।

पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारत २–० गोलअन्तरले पराजित भएसँगै नेपालको स्वर्ण सपना सकिएको हो। 

भारतको जितमा दुबै गोल बाला देवीले गरिन्। उनले खेलको १७ औं  र ५७ औं मनेटमा गोल गरेकी थिइन्।

योसँगै सन् २०१९ मा मात्रै नेपाली महिला टोली तेस्रो पटक अन्तर्राष्ट्रिय उपाधि जित्नबाट चुकेको छ। यसवर्ष नेपाली टोलीले विराटनगरमा भएको साफ च्याम्पियनसिप र भुवनेश्वरमा भएको हिरो गोल्डकपको फाइनल खेलेको थियो। साफमा भारतसँग पराजित  नेपाल हिरो गोल्डकपमा म्यानमारसँग फाइनलमा पराजित भएको थियो।

india women footballस्वर्ण विजेता भारतीय टोली (तस्बिर: प्रविन कोइराला)

सन् १९८६ को एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला फुटबलले त्यसयता जारी सागमा आइपुग्दा नेपालले ९ पल्ट फाइनल खेले पनि उपाधि जित्न भने सकेको छैन।

नेपालले यसअघि २०१०, २०१२, २०१४ र २०१९ को साफ च्याम्पियनसिप, २०१०, २०१६ को साग तथा २०१८ को हिरो गोल्डकप र २०१९ को नादेफ्दा कपको फाइनल खेलेको थियो।

नेपाल भारतसँग अन्तर्राष्ट्रिय उपाधिका लागि सातपटक फाइनलमा पराजित भएको हो। अन्तर्राष्ट्रिय खेलहरुमा भारत सँधै नेपालको तगारो बन्दै आएको छ। यसपटक पनि भारत नेपालको तगारो बनेको हो।

यो पनिl

सावित्रालाई ऐतिहासिक उपलब्धि, बनिन् नेपालकै सर्वाधिक गोलकर्ता

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .