कारोबार


पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान नहुँदा कार्यक्रम ल्याउन सकिएनः पर्यटनमन्त्री भट्टराई

पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान नहुँदा कार्यक्रम ल्याउन सकिएनः पर्यटनमन्त्री भट्टराई

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ११:५०,

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको बताएका छन्।

बारबरा फाउण्डेसनले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको बताएका हुन्।

उनले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटीको अवस्थालाई बढाउनुपर्ने चुनौती रहेको समेत बताए। त्यस्तै हिमाली क्षेत्रमा कनेक्टिभिटिको विकास तथा ग्रेटर लुम्बिनीको अवधारणाका लागि पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रको अनुसन्धान गर्नका लागि आवश्यक व्यवस्था गर्ने समेत बताए।

मन्त्री भट्टराईले देशमा रहेका सबै सांस्कृतिक ठाउँहरुलाई योजना बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले नेपालको जिडिपिमा कम्तिमा पनि १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुनुपर्ने र त्यसका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्न लागिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad