उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, समाजिक तथा राजनीतिक रुपमा सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्र्दभमा आइतबार राजधानीमा गरेको प्रदेश स्तरीय अभियानलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा सशक्त नबनाएसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताएका हुन्।
सरकारका अवाला सरोकारवाला सबै संघ संस्था र नागरिक तहबाट निरन्तर लैंगिक हिंसा अन्त्यका लागि प्रयास गरिनुपर्ने र ती प्रयासहरु समानताप्रति लक्षित हुनुपर्नेमा उनले जोड दिए। सबै क्षेत्रमा महिलाले समान हैसियत बनाएपछि हिंसा अन्त्य सहज हुने भन्दै उनले समानता बिना लैंगिक हिंसा अन्त्यको अभियान सार्थक नहुने बताए।
उनले लैंगिक हिंसा सामाजिक अपराध हो भन्ने बुझनु र बुझाउनु जरुरी रहेको बताए। लैंगिक हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याएर दण्डनीय बाउनुपर्नेमा उनले जोड दिए।
हिंसा अन्त्य गर्दै समानता सहितको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा जुट्न उनले सबैलाई आव्हान समेत गरे।

प्रतिक्रिया