हेरल्ड कलेज काठमाडौँको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त समारोह सम्पन्न भएको हो।
समारोहबाट सन् २०१९/ २० मा स्नातक तह उत्तीर्ण बीएससी हन्स कम्प्युटर साइन्सका १६०, बीएससी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बीएससी हन्स कम्प्युटर साइन्सका २४९ र बीएससी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका छन्।
कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो।
आईएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो। दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए।
Shares

प्रतिक्रिया