महालेखापरीक्षकको कार्यालयले ५० धितोपत्र दलाल व्यवसायीको कारोबार छानबिन गर्नुपर्ने औँल्याएको छ।
महालेखाले पुँजीगत लाभकरबापत छुट दिइएको भन्दै दलाल व्यवसायीको २०७३/०७४ देखि २०७७/०७८ सम्मको कारोबारको छानबिन गरी कर निर्धारण हुनुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको हो।
आयकर ऐनअनुसार सेयरधनीहरूले गाभिएको दुई वर्षभित्र आफ्नो सेयर बिक्रीको माध्यमबाट निःसर्ग गर्दा त्यसरी निःसर्ग भएको सेयरमा भएको लाभमा पुँजीगत लाभकर नलाग्ने व्यवस्था छ।
उक्त व्यवस्थाअनुसार गाभिई निःसर्ग भएको निकायका साबिकका सेयरधनीहरूले मात्र छुट सुविधा प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
नेपाल धितोपत्र विनिमय बजार लिमिटेडअन्तर्गत रहेका ५० धितोपत्र दलाल व्यवसायीले गाभिई निःसर्ग भएको निकायको साविकका सेयरधनीको सेयर बिक्रीमा मात्र पुँजीगत लाभकर छुट दिनुपर्नेमा गाभिएपश्चात्को निकायको सबै सेयरधनीको कारोबारमा पुँजीगत लाभकर छुट दिएको उल्लेख गरेको छ।
नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त सेयर कारोबारमा हुने पुँजीगत लाभकर छुटको स्पष्ट अभिलेख राख्नुपर्ने र सो अभिलेख राख्ने प्रयोजनका लागि छुट्टै फारमको व्यवस्था भएकोमा उक्त अभिलेख माग गर्दा कुनै पनि धितोपत्र दलाल व्यवसायीबाट अभिलेख प्राप्त नभएको प्रतिवेदनमा उल्लेख छ।
Shares

प्रतिक्रिया