ad ad

कारोबार


२२८ कम्पनीको सेयर कारोबारमा ३ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

२२८ कम्पनीको सेयर कारोबारमा ३ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

नेपालखबर
असार १५, २०७९ बुधबार १५:१३, काठमाडौँ

सेयरबजारमा आज ४१ अंकको वृद्धि देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक नेप्से ४१.३९ अंकले बढेर १९६२.७१ विन्दुमा पुगेको हो। 

क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ६.५५ अंकले बढेको छ। 

२२८ कम्पनीको सेयर कारोबारमा ४३ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा २९ हजार ४३४ पटकको खरिदबिक्रीमा १ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको हो। 

आज बजार खुलेयता नै बढ्न थालेको थियो। यो साता आइतबार ९५ अंकले बढेयता फेरि ओरालो लागेको बजारमा उतारचढाव देखिएको छ। आज १३ वटै उपसूचक हरियो छन्। 

आज आँधीखोला, सीवाईसी लघुवित्त र वरुण हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन्। गुमाउने लगानीकर्ताले १.९१ प्रतिशतसम्म गुमाउँदा न्यादि ग्रुप पावर कम्पनीको ५ करोड ४२ लाखको सर्वाधिक कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .