कारोबार


११ अंकले घट्यो सेयरबजार, कारोबार रकम पनि अर्बमा झर्‍यो

११ अंकले घट्यो सेयरबजार, कारोबार रकम पनि अर्बमा झर्‍यो

नेपालखबर
असार १४, २०७९ मंगलबार १५:७, काठमाडौँ

सेयरबजारमा आज ११.८२ अंकको गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर १९२१.३१ विन्दुमा पुगेको छ। 

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ३.२२ अंकले झरेको छ। 

२३० कम्पनीको सेयर कारोबार भएको दिन ३० लाख कित्ता मात्र किनबेच भएको छ। 

नेप्सेका अनुसार २३ हजार पटकको कारोबारमा १ अर्बको सेयर खरिदबिक्री भएको हो। 

कुल १३ मध्ये जीवन बीमा र वाणिज्य बैंकको सूचक हरियो भए पनि बाँकी राताम्य हुनपुगेका छन्। 

पहिलो दिन उछाल आएको सेयरबजारमा लगातार दोस्रो र तेस्रो दिन गिरावट आएको हो। 

आज सीवाईसी लघुवित्तका सेयरधनीले मात्र कमाएका छन्। उनीहरुले १० प्रतिशत आम्दानी गर्दा अन्य कम्पनीका लगानीकर्ता निराश भएका छन्। 

आज गुमाउनेहरुले ५.७३ प्रतिशतसम्म गुमाउनुपरेको छ भने सर्वाधिक कारोबारमा एसियन लाइफ इन्स्योरेन्स अगाडि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad