आईएमई ग्रुपले सञ्चालन गरेको आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे’ले प्रयोगकर्तामाझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आईएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरमा १० प्रतिशत छुट (अधिकतम १ सय रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
आईएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने जनाएको छ। उक्त अफर यही असार १० गते शुक्रबारका दिन १ दिनको लागि मात्र मान्य हुनेछ।
अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न नसक्ने कम्पनीको भनाइ छ।
प्रतिक्रिया