ad ad

कारोबार


आमाले बचत गरेको पैसाबाट छोरीज्वाइँलाई दिइन् बीमा कोसेली

आमाले बचत गरेको पैसाबाट छोरीज्वाइँलाई दिइन् बीमा कोसेली

नेपालखबर
असार ९, २०७९ बिहिबार १६:३२, काठमाडौँ

कुश्मा निवासी मेनका रेग्मीले आफूले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरीज्वाइँलाई उपहारस्वरुप जीवन बीमा गरिदिएकी छिन्। 

जीवनमा आइपर्नसक्ने जोखिम वहन र बचत पनि होस् भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरीज्वाइँ पुजा रेग्मी र सुझाव आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिएकी हुन्। 

सूर्या लाइफ इन्स्योरेन्सको कुश्मा शाखाबाट जारी गरिएको उक्त बीमा योजना कम्पनीका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए। 

सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवचसहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउनसक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम वहन पनि हुने हुँदा सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन्। 

हाँसी खेली घुमेको माइतीघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेलीस्वरुप आफ्ना छोरी र ज्वाइँ दुवैको बीमा गरिदिएको उनले व्यक्त गरिन्। 

बीमाले जोखिम वहन गर्नुका साथै भविष्यको लागि बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान चल्न थालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .