ad ad

कारोबार


निगमको कामु महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

निगमको कामु महाप्रबन्धकमा दीपु ज्वारचन नियुक्त

नेपालखबर
असार ९, २०७९ बिहिबार १६:२४, काठमाडौँ

सरकारले नेपाल वायुसेवा निगमको कायममुकायम महाप्रबन्धकमा निगमकै पाइलट दीपु ज्वारचनलाई नियुक्त गरेको छ। 

यही असार ६ गतेको मन्त्रिपरिषद् बैठकले ज्वारचनलाई महाप्रबन्धकको कार्यभार सम्हाल्ने गरी अस्थायी नियुक्ति दिएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग अश्लील अडियो विवादमा मुछिएका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्दै सरकारले ज्वारचनलाई उक्त जिम्मेवारी दिएको मन्त्रालयका उपसचिव तथा सहप्रवक्ता टेकनारायण पौडेलले नेपालखबरलाई जानकारी दिए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .