ad ad

कारोबार


ग्लोबल आइएमई र जनता बैंकको मर्जर प्रक्रिया सकियो

ग्लोबल आइएमई र जनता बैंकको मर्जर प्रक्रिया सकियो

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १३:२६,

ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर प्रक्रिया पुरा भएको छ।

राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र जनता बैंकलाई अन्तिम स्वकृति प्रद्यान पछि मर्जरको प्रक्रिया सकिएको र एकिकृत कारोबार मात्रै बाँकी रहेको हो।

एकिकृत कारोबार पनि सुरु प्रक्रियामा गैसकेको जनता बैंकका सिइओ पशुराम कुवँरले जानकारी दिए। उनका अनुसार केही दिमा नै एकिकृत कारोबार सुरु हुनेछ।

बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकिकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो। यसको पत्रसमेत दुबै बैंकले बुझिसकेका छन्।

मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ हुनेछ। वाणिज्य बैंकमा नेपालको सबै भन्दा ठूला बैंक ठहरिने छ।

मर्जरका लागि सेयर स्वामित्वको अनुपात भने १००ः ८५ हुने भएको छ। मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत जनता बैंकका परशुराम कुँवर क्षेत्री रहनेछन् भने ग्लोबल आइएमईका कार्यवाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन्।

त्यस्तै बैंकका अध्यक्ष भने ग्लोवल आईएमईका चन्द्रप्रसाद ढकाल रहने छन्। सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन्।

यो बैंकले गत असारमा मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .