कारोबार


युवा स्वरोजगारमा अनुदान प्रभावहिनः अर्थमन्त्री खतिवडा

युवा स्वरोजगारमा अनुदान प्रभावहिनः अर्थमन्त्री खतिवडा

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ११:३४,

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताएका छन्।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारीता नभएको बताएका हुन्। उनले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिँदा कुनै उपलब्धी नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने बताए। त्यसका लागि सरकारले अनुदान सम्बन्धी नीतिमा पुनरावलोकन गर्न लागेको समेत जानकारी दिए।

अर्थमन्त्री खतिवडाले युवालाई स्वरोजगार बनाउन बैंक मार्फत ब्याज अनुदानमा कर्जा उपलब्ध गराइएको उल्लेख गर्दै त्यसको सही सदुपयोग गर्न समेत आग्रह गरे। प्रकृया पुगेपछि पनि बैंहरुले कर्जा नदिए त्यसको उजुरी अर्थमन्त्रालयमा गर्न उनको आग्रह थियो। कार्यक्रममा बैंकहरुले सरकारले कर्जाको सुरक्षा हुनेगरी व्यवस्था गरे सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन कुनै समस्या नरहेको बताएका छन्।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवाहरुलाई सहुलियत पूर्ण कर्जा समयमै तिरी असल ऋणी र उद्यमी बन्न प्रेरित गर्न सकेमात्र यस्तो कर्जाको प्रभावकारीता बढ्ने बताए।

यसअघि सरकारले विभिन्न ७ शिर्षकका कर्जामा ५ देखि ६ प्रतिशत सम्म अनुदान दिने व्यवास्था गरेको थियो। तर सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (कार्यविधि, २०७६ को दोश्रो संशोधनमा थप २ शिर्षक कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिने तालिमका लागि समेत सहुलियत ब्याज अनुदानमा कर्जा दिने व्यवास्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad