हुम्लाको सदरमुकाम सिमकोटमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बुधबार दिउँसो हुम्लाको नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट जिल्ला सदरमुकाम जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख (डीएसपी) रामप्रसाद घर्तिमगरका अनुसार टिपर सडकबाट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते रहेको डीएसपी घर्तीमगरले जानकारी दिए। ‘तीन जनाको मृत्यु भएको छ, मृतक कसैको पनि शनाखत भएको छैन’, नेपालखबरसँग कुरा गर्दै डीएसपी घर्तीमगरले भने।
उनले घाइतेहरुको उघार गरी हुम्ला अस्पताल पठाइसकिएको जानकारी दिए। घाइतेहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए।
डीएसपी घर्तीमगरका अनुसार सो टिपरमा एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गर्ने कर्मचारीहरु रहेका थिए।
उनले घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको बताए।

प्रतिक्रिया