कारोबार


‘सन् २०२१ सम्म गरिबी शून्यमा झार्छौँ’

‘सन् २०२१ सम्म गरिबी शून्यमा झार्छौँ’

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ७:५९,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताएकी छिन्।

राष्ट्रिय सहकारी विकास बोर्डले आज यहाँ आयोजना गरेको ‘एसिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११औँ वार्षिक भेला’का अवसरमा मन्त्री अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजाने बताइन्।

उनले नेपालीको प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलरमा पु¥याउन सहकारी, सरकारी एवं निजी क्षेत्रको समान लगानी सहयोग र सहकार्य आवश्यक रहेकामा जोड दिइन्।

सहकारी क्षेत्रले १५औँ योजना अवधिमा कूल लगानीको पाँच दशमलव चार प्रतिशत लगानी गरेर वार्षिक १७ हजार रोेजगारी सिर्जना गर्ने योजना बनाएको छ । दुई दिनसम्म आयोजना हुने उक्त भेलामा औपचारिक शिक्षाभित्र सहकारीले के कस्ता विषयलाई र कसरी समावेश गर्ने भन्ने विषयमा छलफल हुने बोर्डका उपनिर्देशक मुकेश कर्णले जानकारी दिए।

देश विकास, समृद्धि एवं समाजिक न्याय निर्माणका लागि नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाका रूपमा लिएको छ। मुलुकमा झण्डै ३५ हजार सहकारी संस्था छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad