राजनीति


पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री यादवले भनेः मन्त्री हेरफेर प्रधानमन्त्रीको अधिकार

पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री यादवले भनेः मन्त्री हेरफेर प्रधानमन्त्रीको अधिकार

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ८:३,

उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीको भएको बताएका छन्।

सोमबार दिउँसो उप तथा कानुनमन्त्रीको पदभार ग्रहण गर्दै उनले आफू कानुन बनाउने ठाउँमा आइपुगेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मनत्री हेरफेर गरेका थिए। यसअघि स्वास्थ्य मन्त्री रहेका यादवलाई हेरफेरपछि कानुनमन्त्रीको जिम्मा दिइएको थियो। सो समयमा भारत भ्रमणमा रहेका कारण उनले सोमबारमात्रै पदभार ग्रहण गरेका हुन्।

सत्ता साझेदार दलसँग सल्लाह नै नगरी मन्त्रालय हेरफेर गरेको र मन्त्री हटाएको भन्दै यादव नेतृत्वको समाजवादी पार्टीैले सरकार छाड्ने चेतावनी दिएको थियो।

पदभार ग्रहणका लागि उनी निजी गाडीमा मन्त्रालय आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad