ad ad

कारोबार


गरिमा विकास बैंकद्वारा ११ स्थानमा रक्तदान कार्यक्रम

गरिमा विकास बैंकद्वारा ११ स्थानमा रक्तदान कार्यक्रम

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ७:७,

गरिमा विकास बैंक लिमिटेडले देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम गरेको छ। बैंक स्थापनाको १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार उक्त कार्यक्रम गरेको हो।

विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

उक्त स्थानहरुमा भएको रक्तदान कार्यक्रमबाट पाँच सय युनिटभन्दा बढी रगत संकलन भएको बैंकले जनाएको छ। विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको बैंकको हाल काठमाडौंमा १० वटा शाखासहित देशभर ९० शाखा र ४९ वटा एटीएम सञ्चालनमा छन्।

यही मंसिर ६ गतेसम्म विकास बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .