ad ad

राजनीति


प्रेस संगठनको एकता : चौतारीबाट १२४ र सेन्टरबाट १०९ केन्द्रीय सदस्य

प्रेस संगठनको एकता : चौतारीबाट १२४ र सेन्टरबाट १०९ केन्द्रीय सदस्य

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ७:६,

प्रेस संगठन नेपालको एकता टुंगिएको छ। साविक प्रेस चौतारीबाट १२४ र प्रेस सेन्टरबाट १०९ रहनेगरी २३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई नयाँ संगठन गठन गरिएको हो।

दुई संगठनबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको सङ्ख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो।

संगठनका सहसंयोजक गणेश बस्नेतले केन्द्रीय कमिटीका सदस्यको सपथ र केन्द्रीय कमिटीको मिति पहिलो बैठक आपसी गृहकार्यपछि चाँडै तय हुने जनाउँदै जिम्मेवारी तोक्दा पूर्व संगठनको भागबण्डालाई नभई भूगोल र सम्बन्धित क्षेत्रमा कामको सक्रियता, व्यक्तिको योग्यता र क्षमतालाई मूल आधार बनाइएको बताए।

विधानअनुसार भौगोलिक र गैरभौगोलिक गरी १० वटा प्रदेश समिति निर्माण गरिएको छ, जसमा सात भौगोलिक, उपत्यका तथा प्रतिष्ठान र एसोसियट प्रदेश छन्। भौगोलिक संरचनाअनुसारका ७७ जिल्ला कमिटी निर्माण गरिएको छ। प्रतिष्ठान प्रदेशमा आबद्ध प्रतिष्ठान शाखा र एसोसियट प्रतिष्ठानमा आबद्ध शाखा जिल्ला कमिटीसरह हुनेछन्।

नेकपा सचिवालयले संगठनको संयोजक र सहसंयोजकमा क्रमशः महेश्वर दाहाल र बस्नेतलाई यसअघि नै तोकेको थियो।

नयाँ जिम्मेवारीअनुसार प्रदेश इन्चार्जमा लीलाराज भट्टराई (प्रदेश १), लालबाबु शेख (प्रदेश २), विश्वमणि सुवेदी (प्रदेश ३), गणेश पाण्डे (गण्डकी), मनोज घर्ती मगर (प्रदेश ५), ध्रुव बुढाथोकी (कर्णाली प्रदेश), नरेन्द्र साउद (सुदूरपश्चिम प्रदेश), शुरोजंग पाण्डे (उपत्यका), रामकुमार एलन (प्रतिष्ठान) र सइन्द्र राई (एसोसियट) तोकिएका छन्।

प्रदेश १ को संयोजकमा राजन केडी र सहसंयोजक गणेश पोखरेल, प्रदेश २ को संयोजकमा हीरालाल चौधरी र सहसंयोजकमा फणिदेव महत, प्रदेश ३ को सहसंयोजकमा सुनिल खड्का, गण्डकी प्रदेशको संयोजक रामकृष्ण शर्मा र सहसंयोजक त्रिभुवन पौडेल, प्रदेश ५ को संयोजकमा सविन प्रियासन (चौधरी) र सहसंयोजकमा मानसिंह विक, कर्णाली प्रदेशको संयोजकमा वीरबहादुर गिरी र सहसंयोजकमा प्रतीक इच्छुक शर्मा तथा सुदूरपश्चिम प्रदेशको संयोजकमा रामसिंह ठगुन्ना र सहसंयोजकमा नवराज भण्डारी छन्।

यसैगरी उपत्यका संयोजकमा नवराज दाहाल, सहसंयोजकमा प्रकाश सिलवाल, प्रतिष्ठान संयोजकमा वीरेन्द्र वली तथा सहसंयोजकमा हरिवल्लभ नेपाल, एसोसियट संयोजकमा ध्रुव लम्साल र सहसंयोजकमा केशव खनाल छन्। अनुशासन आयोगको संयोजकमा सन्तोष पौडेल र सहसंयोजकमा केशव अधिकारी तथा लेखा आयोगको संयोजकमा विक्रम लुइँटेल (मोरङ) र सहसंयोजकमा राजु लामा तोकिएका छन्।

जिल्ला कमिटीका संयोजकमध्ये तत्कालीन चौतारीबाट ४४ र सेन्टरबाट ३३ रहेका छन् । प्रदेश इञ्चार्जमा अधिकांश चौतारीबाट परेका छन्। एउटा सङ्गठनबाट जिल्ला संयोजक भएको स्थानमा अर्को सङ्गठनबाट सहसंयोजक रहने सहमति गरिएको छ ।

संगठनका संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा प्रदेश नं १ अन्तर्गत पाँचथर, उदयपुर, तेह्रथुम, धनकुटा, खोटाङ, ताप्लेजुङ, झापा र मोरङ जिल्ला कमिटीको संयोजक चौतारीबाट र ओखलढुङ्गा, इलाम, भोजपुर, सोलुखुम्बु, संखुवासभा र सुनसरी जिल्ला कमिटीको संयोजक सेन्टरबाट रहने जनाइएको छ । प्रदेश २ अन्तर्गतका सिरहा, सर्लाही, रौतहट, बारा र महोत्तरीको संयोजक चौतारी तथा सप्तरी, धनुषा र पर्सा जिल्ला कमिटीको संयोजकको जिम्मेवारी सेन्टरले पाएको छ ।

यसैगरी प्रदेश नं ३ अन्तर्गतका रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, काभ्रे, ललितपुर, भक्तपुर र रसुवाका संयोजक चौतारीबाट तथा दोलखा, सिन्धुली, चितवन, धादिङ र काठमाडौँका संयोजक सेन्टरबाट तोकिनेछ। गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, बागलुङ र पर्वतका संयोजक चौतारीबाट तथा गोरखा, म्याग्दी, लमजुङ र नवलपुरका संयोजक सेन्टरबाट हुनेछ।

प्रदेश नं ५ का रुपन्देही, पाल्पा, गुल्मी, रुकुम, बर्दिया र अर्घाखाँचीको संयोजक चौतारीबाट तथा कपिलवस्तु, बाँके, रोल्पा, प्यूठान, दाङ र नवलपरासीका संयोजक सेन्टरबाट तोकिएका छन्।

यसैगरी कर्णाली प्रदेशका कालीकोट, जुम्ला, डोल्पा, मुगु र दैलेखका संयोजक चौतरीबाट तथा सुर्खेत, सल्यान, रुकुम, हुम्ला र जाजरकोटको संयोजक सेन्टरबाट, सुदूरपश्चिम प्रदेशको संयोजकमा बाजुरा, बझाङ, दार्चुला, कञ्चनपुर र डडेल्धुराका संयोजक चौतारी तथा कैलाली, बैतडी, डोटी तथा अछामका संयोजक सेन्टरबाट तोकिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .