ad ad

कारोबार


भ्रमण वर्षको तयारी : ट्याक्सीचालकलाई पर्यटन तालिम

भ्रमण वर्षको तयारी : ट्याक्सीचालकलाई पर्यटन तालिम

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ६:५२,

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रुमैत्री व्यवहार तालिम दिएको छ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिएको नाथमले जनाएको छ।

सोमबार काठमाडौंमा आयोजित उक्त तालिमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताए।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको तर ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्ने उनले बताए।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही अन्तर्गत सोमबार ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .