कारोबार


नेपालमा लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह

नेपालमा लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ७:५६,

सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ। वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका हुन्।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरुसँग गरेको एक अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उनले विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएकाले नेपालमा लगानी गर्न उपयुक्त हुने पनि बताए।

सचिव अर्यालले नेपालमा वैदेशिक लगानी आएमा सरकारले एकद्वार प्रणालीमार्फत सेवा दिने नीति लिएको पनि स्पष्ट पारे।

कार्यक्रममा फिनल्याण्डका लागि फिनल्याण्डका राजदुत पेरटी एन्टीनेनले दुई मुलुकबीचका उद्योगीहरुको सम्बन्ध बलियो हुँदै गएकाले लगानी र व्यापारका आधारहरु बन्दै गएको बताए। उनले फिनल्याण्डका लगानीकर्ताहरु नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत बताए।

कार्यक्रममा नेपाली व्यवसायीहरुले फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad