राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ। काठमाडौँमा पसुपति क्षेत्रबाट पर्यटनमन्त्री योगेश भट्टराईले साइकल यात्राको शुभारम्भ गरेका हुन्।
समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष साइकल यात्रीहरुको उल्लेख्य सहभागिता रहेको। आजबाट सुरु भएको साइकल यात्रा जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुनेछ।
यात्रामा १६७ जना साइकलयात्री सहभागी भएका छन् जसमा १८ जना महिला साइकल यात्री सभागी रहेका छ। यो साइकल यात्राका महिला सहभागीहरुलाई संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले सहयोग गरेको छ।
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबद्र्धन गर्न चार बर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । साइकल यात्रीले २५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गर्ने छन् ।

प्रतिक्रिया