समाज


बलात्कार अभियुक्त इन्द्रहाङ राई पुर्पक्षका लागि थुनामा

बलात्कार अभियुक्त इन्द्रहाङ राई पुर्पक्षका लागि थुनामा

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार ७:५०,

बलात्कार आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार राईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ।

प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राईलाई नियन्त्रणमा लिएको थियो।

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई दुवै पदबाट बर्खास्त गरिएको छ।

राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेको आरोप छ। प्रहरीले घटनास्थलबाट प्राप्त गरेको राईको वीर्य समेत परीक्षण गरेको थियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad