कारोबार


श्रीलंका संकटः केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

श्रीलंका संकटः केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

नेपालखबर
चैत २१, २०७८ सोमबार १४:३५, काठमाडौँ

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निवार्ड क्याब्रालले पदबाट राजीनामा दिएका छन्। 

सामाजिक सञ्जाल ट्विटरमा उनले सबै मन्त्रीहरुले राजीनामा दिएको सन्दर्भमा आफूले पनि राष्ट्रपति गोताबाय राजापाक्षलाई राजीनामा बुझाएको बताएका हुन्। 

श्रीलंकामा पछिल्लो केही दिनयता प्रदर्शन चर्किएको छ भने संकटकाल र कर्फ्यु लगाइएको छ। 

केही महिनायता श्रीलंकामा वित्तीय संकट गहिरिँदै गएको छ। विदेशी मुद्रा सञ्चिति अभावले त्यहाँको सरकार अप्ठ्यारोमा परिरहेको छ। 

राष्ट्रपतिले मागे मन्त्रीपदमा प्रस्ताव 
राष्ट्रिय संकट गहिरिँदै गर्दा मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि त्यहाँका राष्ट्रपति गोताबायले मन्त्री बन्ने प्रस्ताव पेस गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन्। 

अहिलेको संकट धेरै आर्थिक कारणले र विश्वको माहोलले सिर्जना गरेको भन्दै राष्ट्रपतिको मिडिया विभागले जारी गरेको सूचनामा यसको समाधान आवश्यक रहेको उल्लेख छ। 

उनले संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीहरुलाई मन्त्रीपद ग्रहण गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad