ad ad

कारोबार


रिभियनको २ अर्ब डलरको सेयर किने अर्बपति सोरोसले

रिभियनको २ अर्ब डलरको सेयर किने अर्बपति सोरोसले

नेपालखबर
फागुन २, २०७८ सोमबार १४:४१, काठमाडौँ

अर्बपति लगानीकर्ता जर्ज सोरोसले विद्युतीय सवारीनिर्माता रिभियन अटोमोटिभ इन्कको दुई करोड कित्ता सेयर खरिद गरेका छन् ।

डिसेम्बरमा सकिएको त्रैमासिकमा उनले उक्त परिमाणमा सेयर खरिद गरेका हुन् ।

रोयटर्सका अनुसार उनले एक करोड ९८ लाख ३५ हजार सात सय ६१ कित्ता सेयर खरिद गरेका छन् । यो भनेको झण्डै दुई अर्ब अमेरिकी डलरबराबरको सेयर हो ।

योसँगै कम्पनीको सोरोस फन्ड मेनेजमेन्ट पनि मुख्य लगानीकर्तामा परेको छ । यद्यपि रिभियनले भने अझै उत्पादन सुरु गरिसकेको छैन ।

रिभियनमा २० प्रतिशत सेयर स्वामित्व अमेजन डटकम इन्कको रहेको छ । कम्पनीले इकमर्स कम्पनीलाई एक लाखभन्दा धेरै विद्युतीय गाडी दिने आशा गरिएको छ ।

रिभियनले गत डिसेम्बरमै अब चाँडै उत्पादन सुरु गर्ने बताएको थियो । तर कोरोनाको कारण अझै सकेको छैन । 

यो पनि- शून्य आम्दानीको रिभियन एकैचोटि कसरी बन्यो संसारकै तेस्रो ठूलो सवारी कम्पनी?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .