ad ad

कारोबार


फेरि २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

फेरि २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखबर
असार १७, २०८१ सोमबार १२:४, काठमाडौँ

सुनको मूल्य फेरि २ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो। 

छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै आज चाँदीको मूल्यमा भने उतारचढाव छैन। 

आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २ हजार ३ सय २४ अमेरिकी डलर र चाँदी २९ अमेरिकी डलरमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .