कारोबार


हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह

नेपालखबर
फागुन २, २०७८ सोमबार ११:३६, काठमाडौँ

नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। 

उनले फागुन १ देखि कार्यभार सम्हालेको कम्पनीले जनाएको छ। सीईओको कार्यभार सम्हालेपछि शाहले भने, ‘हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु।’ 

हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको बताउँदै उनले यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको बताए। 

आफ्नो स्पष्ट उद्देश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको कम्पनीलाई आफ्नो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने बताए। 

यसअघि हिमालयन जनरल इन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरिरहेका थिए। 

उनको कार्यकालमा यस कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरी व्यावसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो ।

हिमालयन जनरल इन्स्योरेन्समा आबद्ध हुनुअघि शाह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए। उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका थिए।

हिमालयन जनरल इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले बीमा क्षेत्रमा शाहको राम्रो अनुभव र बुझाइ रहेको बताए। 

उनको कार्यकालमा नेपाल सरकारको लक्ष्यअनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढीभन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाइमा पु¥याउन उनको उल्लेखनीय योगदान रहने श्रेष्ठको विश्वास छ। उनीबाट निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नति हुनेमा सञ्चालक समिति विश्वस्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad