कारोबार


जावा मोटरसाइकल किन्दा अब ५ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा

जावा मोटरसाइकल किन्दा अब ५ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा

नेपालखबर
माघ २७, २०७८ बिहिबार १३:४, काठमाडौँ

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ। 

जावा मोटरसाइकल प्रेमीहरूले काठमाण्डौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीको भनाइ छ। 

यसैबीच नेपालका विभिन्न स्थानहरुमा अवस्थित शोरुमहरु मार्फत पाईने फ्रि लेबर चार्ज सुविधाले ग्राहकहरुलाई थप सहजताको प्रत्याभूति गराउने विश्वास पनि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad