ad ad

कारोबार


रूप ज्योति पक्राउविरुद्ध उद्योग वाणिज्य संघ काठमाडौंले विरोध प्रदर्शन गर्ने

रूप ज्योति पक्राउविरुद्ध उद्योग वाणिज्य संघ काठमाडौंले विरोध प्रदर्शन गर्ने

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ८:४,

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले व्यवसायी डा. रुप ज्योति र उनकी छोरीलाई एयरपोर्टबाटै पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएकाे छ। यसविरूद्ध संघले बिहीबार न्युराेडमा विराेध प्रदर्शन गर्ने जानकारी दिएकाे हाे। 

यस घटनाले निजी क्षेत्रलाई स्तब्ध बनाएको संघले जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै संघले राज्यको अर्थतन्त्रमा विशेष योगदान दिएका ज्योतिलाई आर्थिक लेनदेनको विषयमा पक्राउ गरेर हिरासतमै राखिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

देशमा अर्बौँको लगानी गरी वार्षिक करोडौँको कर राजस्व बुझाउने समूहको सदस्य र परिवारमाथि व्यावसायिक कारोबारको सिलसिलामा भएको विवादको सहजै समाधान गर्ने प्रशस्त माध्यम हुँदाहुँदै पक्राउ गरिनु नहुने संघको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .