ad ad

समाज


शैक्षिक गुणस्तर जाँच्न विद्यार्थी पढाउँदै मेयर

शैक्षिक गुणस्तर जाँच्न विद्यार्थी पढाउँदै मेयर

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ७:५३,

भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफैँ विद्यार्थी पढाउँदै आएका छन्।

विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्दैनन्, विद्यार्थीको सिकाइ उपलब्धि बुझ्न विद्यार्थी पढाउने काम समेत गदै आएका छन्।

नगर प्रमुख घर्तीले आफ्नो मुलुकको भविष्य बोक्ने कर्णधार बालबालिकाको शिक्षा के कस्तो रहेछ भनी छड्के जाँच गर्दै सिकाइ उपलब्धिसमेत जाँच गर्न आफैँले पढाउने गरेको बताए। विज्ञान र गणितमा राम्रो ज्ञान भएका र अन्तर्राष्टियस्तरको खेलकूदमा छवि बनाएका उनले मावि तहको कक्षा फुर्सद हुने बित्तिकै पढाउने गरेको बताए।

शिक्षामा लगानी गरेर मात्र नहुने भन्दै घर्तीले भने, ‘निरन्तर खबरदारी, अनुगमण र शिक्षण सिकाइ क्रियाकलाप कस्तो छ भनि अध्ययन गर्नु पनि मुख्य कुरा हो।’ उनले प्रशिक्षण अनुसारको सुधार भएको छ कि छैन भनि विद्यालयमा दैनिक जाने गरेको बताए। शिक्षालाई प्राविधिसँग जोडेर परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ।

‘हामीले विद्यालयको समस्या विद्यार्थीको मुखबाट सुन्ने हो, कहाँ के समस्या छ भन्ने कुरा, अनि पो सुधार गर्न सजिलो हुन्छ, को शिक्षक कति दिन विद्यालय आउनुभयो, को आउनुभएन र कति पढाइ भयो किताब नहेरी कहाँ थाहा हुन्छ?, उनले भने।’ कक्षामा नगरप्रमुख जान थालेपछि शिक्षक पनि आफ्नो शिक्षणकार्य सुधार गर्नुपर्ने भन्दै सक्रिय भएको विद्यार्थीले बताएका छन्।

आजभोलि विद्यालयमा शिक्षकले निरन्तर पढाउनुका साथै विद्यार्थीसँग छलफलसमेत बढी नै गर्दै आएको सरस्वती मावि काफलचौरका विद्यार्थी रोशन पुनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .