कारोबार


वैदेशिक रोजगारीको कहरः मलेसिया पुगेको दुई महिनामै मृत्यु

वैदेशिक रोजगारीको कहरः मलेसिया पुगेको दुई महिनामै मृत्यु

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ७:२०,

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ।

अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेसियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए। काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेसियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेसिया दुई महिनाअघि मात्रै पुगेका थिए ।

मलेसिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताइन्। बयम्बुको उपचारका लागि परिवारबाट एक लाख २० हजार रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरिन्।

काठमाडौंको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको दाबी गरिन्। पारिवारको लालनपालन, घरायसी गुजारा चलाउन रोजगारीका निम्ति मिठो सपना बोकेर बयम्बु मलेसिया पुगेका थिए। उनको परिवारमा बुबाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .