नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ।
२ वर्षे म्याद रहने उक्त ऋणपत्र यही माघ ११ गते सम्ममा बोलकबोलमार्फत बिक्री हुने भएको हो।
नेपाल राष्ट्र बैंकले यस ऋणपत्रको नाम ‘विकास ऋणपत्र २०८० ङ’ राखेको छ।
बैंक तथा वित्तीय संस्था , गैर बैंक तथा वित्तिय संस्थाहरु , बीमा कम्पनी , संगठित संस्था तथा नेपाली नागरिहरु यस ऋणपत्र किन्न योग्य हुनेछन्।
यसको ब्याज प्रतिस्पर्धाबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितोको रुपमा प्रयोग गर्न योग्य हुनेछ।
30
Shares

प्रतिक्रिया