नेपाल वायुसेवा निगमको दिल्ली उडानको समयतालिकामा फेब्रुअरीका लागि परिवर्तन भएको छ।
वायुसेवा निगमका अनुसार फेब्रुअरी १ देखि २८ तारिखसम्म काठमाडौं–दिल्ली ११ः४०÷१३ः२० बजे आरए२०५ उडान हुनेछ भने दिल्ली–काठमाडौं १४ः२०÷१६ः२० बजे आरए२०६ उडान हुनेछ।
दिल्ली जाने यात्रुहरुले जाने समयभन्दा ४८ घण्टाभित्रको आरटी पीसीआर नेगेटिभ भएको प्रमाणपत्र सीसीएमसीको प्रस्थान फारम तथा भारत सरकारले लागू गरेको एयर सुविधा फारममा गई अनिवार्य रुपमा भर्न पनि निगमले आग्रह गरेको छ।
उक्त फारम भर्ने यात्रुलाई मात्र उडानमा समावेश गरिने निगमले जनाएको छ।
123
Shares
प्रतिक्रिया