ad ad

कारोबार


आफ्नै नाममा दर्ता भएकाे सिम बोक्न टेलिकमको आग्रह

आफ्नै नाममा दर्ता भएकाे सिम बोक्न टेलिकमको आग्रह

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १२:३०,

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई आफ्नै नामको सिम बोक्न आग्रह गरेको छ। टेलिकमले नयाँ व्यवस्था गर्दै व्यक्तिको पहिचान कोड बनाउनुपर्ने भएकाले आफ्नै नामको सिम बोक्न आग्रह गरेको हो।

डिजिटल भुक्तानीको बजार बढ्दै गएको र सो क्रममा मोबाइलबाटै पेमेन्ट गर्न सहज र सुरक्षित होस् भन्ने हेतुले यस्तो आग्रह गरेको टेलिकमले जनाएको छ।

यसले व्यक्तिको सुरक्षामा समेत सहयोग हुनेछ। अरुको नाममा दर्ता भएको सिमबाट अवाञ्छित कार्यमा प्रयोग भए त्यसको भागिदार ग्राहक हुने भएकाले पनि टेलिकमले सचेत गराएको हो।

स्टार९२२ह्याक्स डायल गरी आफ्नो सिम कसको नाममा दर्ता छ भन्ने थाहा पाउन सकिन्छ।

अरुको नाममा दर्ता रहे पनि टेलिकम शाखा कार्यालयबाट आफ्नो नाममा दर्ता गराउन टेलिकमले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .