कारोबार


चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे!

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे!

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ८:५८,

अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेकी थिइन्।

चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन्।

ई–कमर्श कम्पनी अलिबाबाले ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ। अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामान बिक्री भएका थिए।

अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेट अघि नै अलि–पे मार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुङ्ग्याएको जनाएको छ। अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ।

अलिबाबाले चीनमा यस किसिमको खरिद दिनको आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यस कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ।

Image result for alibaba taylor swift

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ। एक दिने खरिद अर्थात् “११.११” (नोभेम्बर ११) भनिने यस दिनलाई चिनियाँ “अविवाहित” (सिङ्गल्स) को दिन पनि भनिन्छ।

गत वर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्लेटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो। तर अघिल्लो वर्षको तुलनामा व्यापारमा सामान्य मन्दी आएको छ।

अमेरिकामा सूचीकृत अलिबाबाले यसै महिनाको शुरुमा कम्पनीको बिक्री निकै बलियो देखिएको छ, तर कम्पनीको समग्र वृद्धि भने झण्डै ४० प्रतिशतले घटेको छ।

तर यस वर्षको “सिङ्गल्स डे” कार्यक्रम पहिलोपटक अलिबाबाका सहसंस्थापक ज्याक माको अनुपस्थितिमा सम्पन्न भएको थियो। ज्याक माले गत सेप्टेम्बरमा अलिबाबा समूहको नेतृत्वबाट राजिनामा दिएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad