ad ad

कारोबार


वाइवाइ चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा जोड्ने कुनै योजना छैनः चौधरी ग्रुप

वाइवाइ चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा जोड्ने कुनै योजना छैनः चौधरी ग्रुप

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ५:२५,

चौधरी ग्रुपले ‘बलियो नेपाल’ अभियानका सन्दर्भमा चौधरी ग्रुप (सीजी) र वाइवाइ चाउचाउको नाम जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। वाइवाइ चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा समावेश गराउने कुनै योजना नरहेको सीजीले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको हो।

‘विगत ४० वर्षदेखि उत्पादन हुँदै आएको विश्वव्यापी प्रसिद्ध ब्रान्ड वाइवाइको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक पर्छ भन्ने हामीलाई लाग्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, चौधरी फाउन्डेसनद्वारा सञ्चालित कुनै पनि क्रियाकलापहरुमा कुनै किसिमको व्यावसायिक गतिविधिहरु सञ्चालन नहुने हाम्रो स्पष्ट नीति रहेको कुरा पनि जानकारी गराउन चाहन्छौँ ।’

बलियो नेपाल, नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरूको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरूको माग वृद्धि गर्ने उदेश्यका साथ स्थापित एक स्वतन्त्र गैरनाफामूलक संस्था भएको पनि सीजीले अवगत गराएको छ। यो अभियान नेपालको नागरिक समाजका अग्रजहरु नेतृत्वकर्ता रहको स्वतन्त्र बोर्डद्वारा सञ्चालित भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपालमा बलियो नेपाल अभियानको सुरुवात तथा यसको विकास एवं विस्तार गर्नका लागि संयुक्त राज्य अमेरिकास्थित बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसनलाई अनुदान सहायता प्रदान गरेको हो।

विभिन्न निजी क्षेत्रका सरोकारवालाहरूसँगको बृहत् छलफल, गहन बजार अध्ययनका साथै विशेषज्ञहरुद्वारा विभिन्न आर्थिक एवं सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको खानपिनसम्बन्धी व्यवहार तथा पोषण स्तर बुझ्ने प्रयत्नपश्चात् सम्बन्धित क्षेत्रका विज्ञ तथा समाजका प्रभावशाली व्यक्तित्वहरु एकजुट भई प्रारम्भ गरिएको यस अभियानको विधिवत् रुपमा गत नोभेम्बर १, २०१९ सुरुवात भएको हो।

‘यस कार्यक्रममार्फत कुपोषण र अदृष्ट भोकविरुद्धको राष्ट्रिय अभियानलाई थप योगदान पुर्‍याउन पाएकोमा हामी गौरवान्वित छौँ’, सीजीले विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .