ad ad

समाज


२० ग्राम ब्राउनसुगरसहित तीन पक्राउ

२० ग्राम  ब्राउनसुगरसहित तीन पक्राउ

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ५:३१,

नेपालगन्ज प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतले नेपालगञ्ज र आसपासमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाको भनाइ छ।

बिहीबार नै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पाँच ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिका–४ का समीर अन्सारीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .