पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ७१ हजारमा खरिदबिक्री भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ। महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० निर्धारण गरेको छ। सोमबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ।
आज स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया