सुनकोशीमा पौडी खेल्ने क्रममा यही कात्तिक १५ गतेदेखि बेपत्ता एक युवाको शव मंगलबार फेला पारेको छ।
काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता मिलन घलेको शव काभ्रेको चौरी देउराली गाउँपालिका–८ खरेलघाट स्थित सुनकोशी नदीको किनारमा फेला परेको हो।
पौडी खेल्ने क्रममा बेपत्ता भएदेखि नै घलेको खोजी कार्य तिब्र पारिएको थियो।

प्रतिक्रिया