प्रमुख प्रतिपक्षी कपा (एमाले)को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको छ।
बिहीबारदेखि सुरु हुने दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा यो बैठक बसेको हो।
एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले विभिन्न पाँच एजेण्डामाथि बैठकमा छलफल भइरहेको बताएका छन्।
भट्टराईका अनुसार बैठकमा महाधिवेशन व्यवस्थापन तथा तयारी, उद्घाटन र बन्दसत्र कार्यक्रम, प्रतिनिधि छनौटको अवस्था, महाधिवेशन प्रतिनिधि मनोनयन र निर्वाचन आयोगको कामबारे छलफल हुँदैछ।
यो बैठकपछि एमालेका नेताहरु चितवनतर्फ केन्द्रित हुनेछन्। महाधिवेशनको यही १० गते नारायणी किनारमा हुँदैछ।
महाधिवेशनको बन्दसत्र र नयाँ नेतृत्व चयनको सबै प्रक्रिया सौराहामा हुनेछ। एमालेले दशौँ महाधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया