अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’मा सेञ्चुरी बैंक खाता लिंक गर्ने जो कोहीले सय रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन्।
खल्तीका अनुसार यसका अतिरिक्त एक भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।
यो बोनस अफर पहिलोपटक सेञ्चुरी बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ। प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्ने, प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले शर्त राखेको छ।
उक्त लिंक गरिएको सेञ्चुरी बैंक अकाउन्टबाट खल्तीमा विना लोड भुक्तानी तुरुन्तै गर्न सकिने कम्पनीले जनाएको छ।
सय रुपैयाँ बोनस अफर मंसिर ३ देखि पुस ४ सम्मका लागि हो।
12
Shares

प्रतिक्रिया